sdfd - Html Testing

Random Posts

test banner

New Update

Home Top Ad

Post Top Ad

Friday, September 7, 2018

sdfd

कञ्चनपुर – निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार ४३ दिन भएको छ । तर अहिलेसम्म घटनामा संलग्न दोषीको पहिचान हुन सकेको छैन । १३ वर्षीया बालिका निर्मलाको बलात्कार र हत्याको घटनामा प्रहरीले प्रभावकारी रुपमा अनुसन्धान नगरेको आरोप लाग्दै आएको छ । 
प्रहरीले नै घटनामा संलग्न प्रमाणहरु नष्ट गरेको आरोप लगाउँदै स्थानीयबासिन्दाले प्रहरीको अनुसन्धानमा शंका गरेपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित प्रहरी प्रमुखको सरुवा गरेको थियो । साथै घटनाको छानविन तथा थप अनुसन्धानका लागि भदौ ८ गते गृहका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानविन समिति गठन गरी ५ सदस्यीय टोली कञ्चनपुर पठाएको थियो ।
Nirmala_Pant_copy__DpIXhQQfCl
उच्चस्तरीयले टोलीले प्रहरीको प्रारम्भिक अनुसन्धानको छानविन तथा शून्यबाट अनुसन्धानल अगाडि बढाएको भने पनि घटनाका प्रमाणहरु फेला पार्न सकेको छैन । प्रहरीले घटनास्थलबाटै प्रमाणहरु नष्ट गरेकाले टोलीले प्रमाणहरु फेला पार्न नसकेको हो । ‘प्रहरीको प्रारम्भिक अनुसन्धानमा नै त्रुटी देखिएको छ’, टोलीका एक सदस्यले भने ‘घटनामा प्रमाणहरु मेटाउने काम प्रहरीबाटै सुरु भएको छ ।’ 

उच्चस्तरीय टोली काठमाडाैं फर्किंदै

निर्मला हत्या प्रकरणको घटनामा प्रहरीको प्रारम्भिक अनुसन्धानको छानविन तथा थप अनुसन्धान गर्न कञ्चनपुर पुगेको उच्चस्तरीय छानविन समिति शुक्रबार काठमाडौं फर्किदैछ । टोलीले घटनाको छानविन तथा थप अनुसन्धान गरी प्रतिवेदन तयार पारेर काठमाडौं फर्किन लागेको हो । 

No comments:

Post a Comment

Post Bottom Ad