छिमेकी मुलुकमा यस्तो डरलाग्दो संक्रमण फैलिँदै गर्दा त्यसलाई रोक्न नेपालले के गर्दैछ त - Html Testing

Random Posts

test banner

New Update

Home Top Ad

Post Top Ad

Monday, February 10, 2020

छिमेकी मुलुकमा यस्तो डरलाग्दो संक्रमण फैलिँदै गर्दा त्यसलाई रोक्न नेपालले के गर्दैछ त

र, शक्तिशाली एवं स्रोत साधनसम्पन्न मुलुक चीनलाई कोरोना भाइरसको त्रासले आच्छु-आच्छु पारिरहँदा छिमेकी मुलुक नेपालमा सरकारले अक्षम्य लापरबाही गरिरहेको छ । चीनको सरकारले पुरै शक्ति लगाउँदा पनि संक्रमण फैलिन रोकिएको छैन र मृतकको संख्या दिनदिनै बढेको बढ्यै छ । तर, नेपालमा भने सरकारी स्तरबाट लापरबाही भइरहेको छ ।
छिमेकी मुलुकमा यस्तो डरलाग्दो संक्रमण फैलिँदै गर्दा त्यसलाई रोक्न नेपालले के गर्दैछ त ? वुहानमा रहेका १८० नेपालीलाई समेत स्वदेश ल्याउन नसकेको नेपाल सरकारले कोरोनाको जोखिमबाट बच्नका लागि देशभित्र जुन रुपमा सतर्कता अपनाउनुपर्ने हो, त्यो अपनाउन सकेको देखिँदैन ।
विदेशबाट कोरोना भाइरस भित्रिन नदिन अहिलेसम्म नेपाल सरकारले के- के गर्‍यो ? स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहाल भन्छन्, चीनसँगका नाकाहरु बन्द छन्, विमानस्थल र सबैजसो नाकामा हेल्थ डेस्क छन् ।’
तर, कोरोनाजस्तो डरलाग्दो संक्रमणलाई नेपाल भित्रिन नदिन यतिमात्रै सतर्कता पर्याप्त छ त ? सरकारको भाषामा भन्ने हो भने पर्याप्त मात्रै हैन, विश्वस्तरीय मापदण्डअनुसार नै काम भइरहेको छ ।
सरकारको यस्तो जवाफ सुन्दा लाग्न सक्छ, विमानस्थलमा यात्रीहरुमाथि कडा स्वास्थ्य जाँच हुन्छ, चीनबाट फर्किएकालाई त झन विशेष निगरानीमै राखिन्छ होला ।

No comments:

Post a Comment

Post Bottom Ad